परामर्श लिनुअघि कृपया यो जानकारी ध्यानपूर्वक पढ्नुहोस्।
डा. रुपेश के. वैद्य, MD, MS (Orthopaedics), Fellowship in Knee
Knee, Sports & Joints Surgeon
नेपाल मेडिकल काउन्सिल दर्ता नं.: २७१५
अनलाइन परामर्श (Telemedicine) मार्फत आफ्नो स्वास्थ्यसम्बन्धी समस्या बारे चिकित्सकीय परामर्श लिनुअघि
निम्न जानकारी बुझेर आफ्नो सहमति प्रदान गर्नुहोस्।
मैले बुझेको छु कि:
- अनलाइन परामर्श
भिडियो, अडियो वा अन्य विद्युतीय माध्यमबाट गरिने चिकित्सकीय परामर्श हो।
- प्रत्यक्ष
(In-person) भेटेर गरिने परामर्शको तुलनामा अनलाइन परामर्शमा केही सीमितता हुन सक्छ।
- अनलाइन माध्यमबाट
पूर्ण शारीरिक परीक्षण, palpation, neurological examination तथा आवश्यक अन्य परीक्षणहरू सधैं सम्भव
नहुन सक्छन्।
- मैले आफ्नो
स्वास्थ्य अवस्थासँग सम्बन्धित लक्षण, रोगको इतिहास, हाल प्रयोग गरिरहेका औषधि, औषधिको एलर्जी,
पहिले गरिएको उपचार तथा अन्य महत्वपूर्ण स्वास्थ्यसम्बन्धी जानकारी सही र पूर्ण रूपमा उपलब्ध
गराउनेछु।
- आवश्यक भएमा मैले
X-ray, MRI, CT scan, laboratory reports, photographs वा अन्य सम्बन्धित मेडिकल रिपोर्टहरू उपलब्ध
गराउनुपर्ने हुन सक्छ।
- उपलब्ध जानकारीका
आधारमा चिकित्सकले प्रारम्भिक मूल्याङ्कन, चिकित्सकीय सल्लाह, उपचारसम्बन्धी सुझाव वा थप परीक्षणको
सिफारिस गर्न सक्नुहुन्छ।
- आवश्यक ठानेमा
चिकित्सकले मलाई प्रत्यक्ष स्वास्थ्य परीक्षण (in-person consultation) वा थप चिकित्सकीय जाँचका
लागि अस्पताल वा स्वास्थ्य संस्थामा जान सल्लाह दिन सक्नुहुन्छ।
- अनलाइन परामर्श
आकस्मिक (Emergency) उपचारको विकल्प होइन। आकस्मिक अवस्था वा तत्काल उपचार आवश्यक भएको अवस्थामा
मैले नजिकको उपयुक्त अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नेछु।
- मेरो
स्वास्थ्यसम्बन्धी जानकारी तथा परामर्शका अभिलेखहरू आवश्यक चिकित्सकीय तथा कानुनी प्रयोजनका लागि
गोपनीय रूपमा सुरक्षित राखिन तथा मेडिकल रेकर्डको रूपमा राखिन सक्नेछन्।
- अनलाइन परामर्शको
अडियो वा भिडियो रेकर्डिङ, वा मेरो पहिचान खुल्ने स्वास्थ्यसम्बन्धी जानकारीलाई शिक्षण, अनुसन्धान,
प्रकाशन वा अन्य शैक्षिक प्रयोजनमा प्रयोग गर्नुअघि छुट्टै स्पष्ट सहमति आवश्यक हुनेछ।
⚠️ आकस्मिक अवस्थासम्बन्धी सूचना
अनलाइन परामर्श आकस्मिक उपचारको विकल्प होइन। यदि तपाईंलाई गम्भीर चोटपटक,
अत्यधिक दुखाइ, अचानक कमजोरी वा संवेदना हराउनु, अत्यधिक रक्तस्राव, सास फेर्न कठिनाइ, बेहोस हुने
अवस्था वा अन्य आकस्मिक स्वास्थ्य समस्या भएको छ भने अनलाइन परामर्शको प्रतीक्षा नगरी नजिकको
उपयुक्त अस्पतालको Emergency Department मा तुरुन्त जानुहोस्।